पार्टीको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्छौं : रास्वपा प्रवक्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता मुकुल ढकालले पार्टीको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । पार्टी केन्द्रीय समिति र संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिएको ढकालले बताए ।
‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा छौं । अब केन्द्रीय समिति र संसदीय दलको बैठक राखेर छलफल गर्नुपर्यो’ रातोपाटीसँग कुरा गर्दै ढकालले भने, ‘बैठक कहिले राख्ने भन्ने विषयमा परामर्श गर्दैछौं । बैठक बसेर आधिकारिक निर्णय हुनेछ ।’ सरकारलाई दिएको समर्थन फिर्ता किन लिँदछौ भन्ने विषयमा बैठकमा गम्भीर छलफल हुने ढकालले बताए ।
प्रचण्ड नेतृत्वको सरकार बनाउने क्रममा गत पुस १० गते राष्ट्रपतिलाई हस्ताक्षर बुझाउने बेला रास्वपा सरकारमा सहभागी भएको थियो । सो पार्टीले गत माघ २२ गते सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने प्रधानमन्त्री प्रचण्डले दुईपटक विश्वासको मत लिँदा दुवैपटक मत दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण