सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित

शुक्रबार, १५ वैशाख २०८०, १७ : २८
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । हत्या आरोपमा फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयमा विवाद उत्पन्न भएपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । शुक्रबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले अनुपस्थित सांसद कोइरीले बिरामी रहेका कारण सदनमा उपस्थित नभएको जानकारी गराएपछि कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चाका सांसदहरुले आपक्ति जनाए ।

उनीहरुले सभामुखले हत्या आरोपी प्रहरीले खोजिरहेको मान्छेलाई संसदले बिरामी प्रमाणित गर्न नहुने भन्दै सभामुखले बिरामीका कारण संसदमा उपस्थित भएको भन्ने भनाई संसदको रेकर्डबाट हटाउन माग गरेका थिए । सभामुखले त्यसबारेमा रुलिङ नगरेपछि सांसदहरुले उठेर त्यसबारेमा रुलिङ गर्न दवाव दिएपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप