प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
काठमाडौँ । प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको हाे ।
बढुवा सिफारिस हुनेमा विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दिपशम्शेर जवरा रहेका छन् ।
यस्तै बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रविण पोखरेल, गङ्गा पन्त, कृष्णबहादुर पल्लीमगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन रहेका छन् । बढुवा समितिले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण