छोराको हत्या गर्ने बुवा पक्राउ
शनिबार, १६ वैशाख २०८०, १६ : १२
कैलाली । आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-६ मट्यारी बस्ने ४७ वर्षीय महेश कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महेश कुमारले आफ्नै घरभन्दा अन्दाजी १ सय ५० मिटर टाढा जङ्गलमा अर्जुन चौधरीलाई इँटा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
सो खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण