सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
जनकपुरमा जानकी नवमीको रौनक, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

जनकपुरमा जानकी नवमीको रौनक, तस्बिरमा हेर्नुहोस्

शनिबार, १६ वैशाख २०८०

जनकपुरधाम । जनकपुरधाममा शनिबार जानकी नवमी एवं जानकी जन्मोत्सव धुमधामका साथ मनाइएको छ । वैशाख शुक्ल नवमी आर्थात आजकै दिन आदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यताअनुसार प्रत्येक वर्ष मनाइने जानकी नवमी भव्यतासाथ मनाइएको हो ।

सो अवसरमा बिहानैदेखि जानकी मन्दिर, राममन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर लगायतका मन्दिरहरु भरिभराउ देखिएका थिए । मुख्यतः जानकी मन्दिरमा  पुजाअर्चना गर्ने श्रद्धालु भक्तजनहरुको भीड बढी थियो ।

जानकी मन्दिरलाई नवदुलही झैं सिंगारिएको छ । सीताको जन्मोत्सवमा सहभागी हुन एवं पूजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुरधाममा आएका छन् ।  जानकी मन्दिर रंगीचंगी लाइटका कारण आकर्षक देखिएको छ । जन्मोत्सवको अवसरमा जानकी मन्दिरमा विविध कार्यक्रमहरु गरिएको थियो । 
 

हेरौं तस्बिरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया