प्रहरी भन्छ–निराको हत्या लुटपाटकै उद्देश्य
आइतबार, १७ वैशाख २०८०, १५ : ५४
काठमाडौँ । प्रहरीले सरस्वतीनगरस्थित भाँडा पसलकी सञ्चालिका निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले गरेको जनाएको छ । निरा हत्या प्रकरणका अभियुक्त झापाका विनोद विश्वकर्मालाई आइतबार सार्वजनिक गर्दै प्रहरीले निराको हत्या लुटपाटकै उद्देश्यअनुसार भएको बताएको हो ।
‘निराले लगाएको ९९ लालको सुनको सिक्री र १२ सय नगद लगेको भेटियो’, सीआइबीका एसएसपी दिनेश आचार्यले भने, ‘घटनापछि अभियुक्त टेम्पो चढेर मनहरा फाँट पुगेको देखिन्छ । त्यस्तै भोलि पल्ट ५५ हजारमा सुनको सिक्री धरौटी राखेर रुपैयाँ लगेको पनि खुलेको छ ।’
विश्वकर्माले तारकेश्वरस्थित पाथीभरा सुनचाँदी पसलमा उक्त सिक्री धरौटीमा राखेको प्रहरीले जनाएको छ । त्यसपछि अभियुक्त झापा पुगेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण