निमावि तह शिक्षकको लिखित परीक्षाको नतिजा प्रकाशित
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजा प्रकाशन गरेको छ ।
वैशाख ९ गते लिएको सामान्य परीक्षाको नतिजा प्रकाशन गरेको हो । उक्त परीक्षामा सातै प्रदेशबाट ६७ हजार १८० जना परीक्षार्थी सहभागी थिए ।
जसमा १३ हजार ९३९ जनाले मात्रै सामान्य परीक्षा पास गर्न सकेका छन् । जुन २०.७४ प्रतिशत हुन आउँछ । परीक्षामा सहभागी ५३ हजार २४१ जनाले सामान्य परीक्षा पास गर्न नसकेको आयोगले सार्वजनिक गरेको नतिजाबाट देखिएको छ ।
सुदूरपश्चिम प्रदेशबाट ८ हजार ८६९ जनाले परीक्षा दिएका थिए । जसमा १ हजार ६८४ जनाले मात्रै उत्तीर्ण भएका छन् । त्यस्तै कर्णाली प्रदेशबाट ६ हजार ५९८ जनाले परीक्षा दिएकोमा १ हजार २३१ जना उत्तीर्ण भएका छन् ।
लुम्बिनी प्रदेशबाट ६ हजार ६७२ जना सहभागी भएकोमा १ हजार १८१ जना उत्तीर्ण भएका छन् । गण्डकी प्रदेशबाट ११ हजार ७२८ जना सहभागी भएकोमा २ हजार ८५५ जना उत्तीर्ण भएका छन् ।
बागमती प्रदेशबाट ११ हजार ६०६ परीक्षार्थी सहभागी भएकोमा २ हजार ८०३ जना, मधेस प्रदेशबाट ६ हजार २१० जना परीक्षा सहभागी भएकोमा १ हजार १०० जना र कोशी प्रदेशबाट १५ हजार ५९७ जना सहभागी भएकोमा ३ हजार ८५ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
आयोगले २७ माघ २०७९ मा विज्ञापन प्रकाशन गरेको थियो । सफल भएका उम्मेद्वारहरूको विषयगत परीक्षा ९ भदौ २०८० मा बिहान ११ बजेदेखि कैलालीमा सञ्चालन हुनेछ ।
विषयगत परीक्षामा उपस्थित हुँदा प्रवेशपत्रको साथमा आफ्नो पहिचान खुल्ने नेपाली नागरिकताको प्रमाणपत्र वा सवारी चालक अनुमतिपत्र वा राहदानी प्रमाणपत्रको सक्कलै प्रति अनिवार्य रूपमा ल्याउनुपर्ने आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया
-
आज अन्तर्राष्ट्रिय योग दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण