शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सर्पको टोकाइबाट एकजनाको मृत्यु

आइतबार, १७ वैशाख २०८०, २१ : २७
आइतबार, १७ वैशाख २०८०

हेटौँडा । हेटौँडामा सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ । आइतबार हेटौँडा–१९ बस्तीपुरमा विषालु सर्प खेलाउने क्रममा ३५ वर्षीय सोनु कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रहरीका अनुसार कँडेलले घर नजिकै रहेको जङ्गलबाट आफैँले  सर्प ल्याएका थिए । उक्त सर्प खेलाउने क्रममा सर्पले दाहिने हातको माझी औँलामा टोक्दा गम्भीर बिरामी भई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक कार्कीले जानकारी दिए । 

कँडेलले कहिलेदेखि सर्प घरमा ल्याएका थिए र उक्त सर्प कुन जातको थियो भन्ने बारे खुल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप