राजनीति विकृत भएको छ, भ्रष्टाचारमा डुबेको छ : माधवकुमार नेपाल
सोमबार, १८ वैशाख २०८०, १४ : २०
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति विकृत हुँदै भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् ।
सोमबार काठमाडौँमा एकीकृत ट्रेड युनियनको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजनीतिमा अनेकौँ फोहोर जम्दा विकृत बनेको बताएका हुन् ।
‘राजनीतिमा अनेकौँ फोहोर मैला जमेका छन् । त्यसलाई सफा गर्न चाहन्छौ । राजनीति कताकता मानिसहरूका निम्ति अत्यन्तै घृणाको विषय बनेको छ’, अध्यक्ष नेपालले भने, ‘किनभने यो विकृत भएको छ । भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ।’
अध्यक्ष नेपालले भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्ष तथा श्रमजीवी सर्वहाराको पक्षमा आफ्नो पार्टी उभिन चाहेको भन्दै ट्रेड युनियनका कार्यकर्तालाई पनि त्यस दिशामा केन्द्रित गर्न निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण