आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीले बनायो प्रतिआतङ्कवाद इकाई

सोमबार, १८ वैशाख २०८०, १४ : २२
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । सशस्त्र प्रहरीले प्रति आतङ्कवाद इकाई गठन गरेको छ । प्रति आतङ्कवाद इकाई गठन गरेर काम सुरु गरिएको सशस्त्र प्रहरीका प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले जानकारी दिए ।

सोमबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक खड्काले सो कुरा बताएका हुन् । खड्काले भने, ‘प्रति आतङ्कवाद इकाई गठन गरेर काम प्रारम्भ गरिएको छ ।’

प्रति आतङ्कवाद इकाई कार्य विभागमा अन्तर्गत राखिएको छ । प्रति आतंकबाद इकाईमा काम गर्ने अधिकारीहरूलाई कार्यतालिका बनाएर तालिम प्रदान गर्न लागिएको एसएसपी खड्काले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप