आइपीएल क्रिकेट : लखनउमाथि बेंग्लोरको जित
मङ्गलबार, १९ वैशाख २०८०, ०६ : २२
काठमाडौं । इन्डियन प्रिमियर लिग(आइपीएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरलले लखनउ सुपर जायन्ट्सलाई हराएको छ।
घरेलु मैदान ऐकना स्टेडियममा लखनउ बेंग्लोरसँग १८ रनले पराजित भएको हो ।
बेंग्लोरले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको लखनउले १९ दशमलब ५ ओभरमा अलआउट हुदै १ सय ८ रन मात्र बनायो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो ।
नौं खेलमा पाँच जित तथा चार हार व्यहोरेको बेंग्लोर १० टोली सहभागी लिगको पाँचौं स्थानमा उक्लिएको छ भने नौ खेलमा पाँच जित र चार हारका साथ लखनउ अंक तालिकाको तेस्रो स्थानमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण