शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

मङ्गलबार, १९ वैशाख २०८०, ०७ : ४२
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ, । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन  (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मूल्यको विवरण दिएको छ । 

निगमका अनुसार पेट्रोल लिटरमा चार रुपैयाँ ३३ पैसा तथा डिजेलमा चार रुपैयाँ ११ पैसा मूल्य घटेको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य निगमलाई पठाएको हो । 

डिजेल, पेट्रोलको मूल्य घटेर आए पनि नेपालमा बिक्री मूल्य घटाउनेबारे निगम कुनै निर्णय लिइसकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप