लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार चौथो दिन गिरावट आएको छ । नेप्से परिसूचक गत साताको बुधबार (१३ गते)देखि घट्न थालेको थियो ।
त्यसयता, बिहीबार (१४ गते), आइतबार (१७ गते) र आज समेत गरी निरन्तर ४ दिन घटेको हो । आज ४.२७ अंकले घटेपछि परिसूचक १८६६ अंकमा आइपुगेको छ । यससँगै, नेप्सेमा पछिल्लो ४ दिनमा ३९.३९ अंक घटेको छ ।
नेप्से घटेको दिन आज ६९ करोड २२ लाख रुपैयाँ बराबरको २३ लाख ३६ हजार कित्ता सेयर किनबेच भएको छ । सेयर बजार घटेपनि ६८ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यस्तै, ४४ कम्पनीको सेयर मूल्य घट्दा ७ वटाको मूल्य भने स्थिर छ । आज कारोबार भएका १३ समूहमध्ये ७ समूह भने बढेका छन्, बाँकी समूहमा गिरावट आएको छ ।
आज विकास बैंक, वित्त, होटल र टुरिजम, जीवन बीमा, उत्पादनमूलक, म्यूचुअल फण्ड र अन्य समूह बढेका हुन् । यसक्रममा हिमालयन डिस्टिलरीको सेयर २ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, नेपाल टेलिकमको सेयर २ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण