अर्थतन्त्र बलियो बनाउन स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नुपर्छ : उपाध्यक्ष श्रेष्ठ
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा मुख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयमा छलफल भएको हो ।
भेटमा मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनुपर्ने बताए । स्वदेशी उत्पादनहरू प्रवर्द्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रमहरू बनाउनका लागि भूमिका खेल्न आयोग समक्ष उनले अनुरोध गरे ।
मुख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराहरू जताततै छ्यापछ्याप्ती रहेको तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको बताए ।
मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनहरू धेरै राम्रा भए पनि हामीले मार्केटिङ गर्न नसकेको भन्दै अब हरेक स्वदेशी उत्पादनलाईलाई प्राथमिकता राख्नुपर्ने बताए ।
जवाफमा उपाध्यक्ष डा. श्रेष्ठले आन्तरिक उत्पादनहरू बढाउनु नै आजको आवश्यकता रहेको बताए । अर्थतन्त्रलाई बलियो बनाउनका लागि पनि स्वदेशी उत्पादनलाई जोड दिनु पर्ने उनले बताए । स्वदेशी उत्पादन र रोजगारी सिर्जना हुने परियोजनालाई जोड दिएर अर्थतन्त्रलाई बलियो बनाउनु पर्ने उनको भनाइ छ ।
रोजगारी सिर्जना हुने गरी आन्तरिक उत्पादनहरूलाई जोड दिनुपर्छ भन्ने सधैँ आफ्नो मान्यता रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण