पीएसजीले मेस्सीको करार नवीकरण नगर्ने
पेरिस । क्लबलाई जानकारी नदिई साउदी अरब पुगेपछि पेरिस सेन्ट जर्मेनले लियोनेल मेस्सीको करार नवीकरण नगर्ने भएको छ । आइतबार लोरेन्टविरुद्ध ३–१ को अप्रत्यासित हारपछि ३५ वर्षीय खेलाडी साउदी पुगेका थिए ।
मेस्सी पयर्टन दूतका रूपमा आफ्नो जिम्मेवारी पुरा गर्न त्यहाँ पुगेको अनुमान गरिएको थियो । तर मंगलबार उनी क्लबको अनुमति बिना नै त्यहाँ पुगेको खुलासा भएको थियो । यसका लागि क्लबले उनलाई दुई हप्ताका लागि बेतलबी रूपमा निलम्बन गर्ने निर्णय गरिसकेको छ ।
तर एल’एक्युप पत्रिकाले भने मेस्सीले यो घटनाका लागि थप मूल्य चुकाउनु पर्ने देखिएको उल्लेख गरेको छ । पीएसजीले यो सिजनको अन्त्यपछि उनको करार नवीकरण नगर्ने निर्णय गरेको पत्रिकाको दाबी छ ।
अर्जेन्टिनी खेलाडीको करार यो सिजनको अन्त्यमा समाप्त हुँदैछ । क्लबसँग थप एक वर्षका लागि उनको करार थप गर्ने सुविधा रहेको थियो । हुन त क्लबका केही शीर्ष अधिकारीहरू यसअघि नै मेस्सीको करार नवीकरण नगर्ने पक्षमा रहेका थिए । तैपनि उनको करार नवीकरणका लागि क्लबले मेस्सीसँग छलफल जारी राखेको थियो । साउदीको भ्रमणपछि भने मेस्सीले यो सिजनको अन्त्यमा क्लब छाड्ने पक्का पक्की भएको बताइएको छ ।
दुई हप्ताको निलम्बनपछि अब मेस्सीले पीएसजीको खेलाडीका रूपमा तीन खेल मात्र खेल्न पाउनेछन् । यो समाचार मेस्सीलाई पुनः अनुबन्ध गर्ने प्रयास बार्सिलोनाका लागि सुखद् हुनसक्छ । तर, उनलाई अनुबन्ध गर्नका लागि बार्सिलोना आर्थिक संकटमा रहेको छ । बार्साबाहेक एमएलएस टोली इन्टर मियामी र साउदी क्लब अल–हिलालले पनि मेस्सीलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण