मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

साउदी अरब गएको भन्दै पीएसजीले गर्‍यो मेस्सीलाई निलम्बन

बुधबार, २० वैशाख २०८०, ०७ : ४३
बुधबार, २० वैशाख २०८०

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लियोनल मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको छ ।

क्लबको अनुमति नलिइ एसीयाली मुलुक साउदी अरबको भ्रमण गरेपछि पिएसजीले मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको हो ।

फ्रान्सेली लिग वानमा पीएसजी र लोरेन्ट बिचको खेलपछि अर्जेन्टेनी कप्तान मेसी साउदी अरब गएका हुन् । त्यस खेलमा पिएसजी पराजित भएको थियो । अब निलम्बनको समयमा मेस्सीले पीएसजीका लागि खेल्न पाउने छैनन् ।

क्लबका अनुसार मेस्सीले दुइ साता खेल खेल्न मात्र हैन, अभ्यास गर्न पनि पाउने छैनन । मेसी साउदी अरबको पयर्टनदूतको भूमिकामा छन् ।

अर्जेन्टीनी कप्तान मेस्सीलाई साउदी अरबवाट आकर्षक प्रस्ताव आएको भन्ने चर्चा भइरहेको बेला मेस्सी साउदी अरब गएका हुन् ।

मेस्सीका चीर प्रतिद्वन्दी  क्रिस्टियानो रोनाल्डो पनि अहिले साउदी अरबकै क्लबवाट खेलिरहेका छन् । उनलाई पनि महंगो रकममा साउदी क्लबले अनुबन्धित गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप