साउदी अरब गएको भन्दै पीएसजीले गर्यो मेस्सीलाई निलम्बन
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लियोनल मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको छ ।
क्लबको अनुमति नलिइ एसीयाली मुलुक साउदी अरबको भ्रमण गरेपछि पिएसजीले मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको हो ।
फ्रान्सेली लिग वानमा पीएसजी र लोरेन्ट बिचको खेलपछि अर्जेन्टेनी कप्तान मेसी साउदी अरब गएका हुन् । त्यस खेलमा पिएसजी पराजित भएको थियो । अब निलम्बनको समयमा मेस्सीले पीएसजीका लागि खेल्न पाउने छैनन् ।
क्लबका अनुसार मेस्सीले दुइ साता खेल खेल्न मात्र हैन, अभ्यास गर्न पनि पाउने छैनन । मेसी साउदी अरबको पयर्टनदूतको भूमिकामा छन् ।
अर्जेन्टीनी कप्तान मेस्सीलाई साउदी अरबवाट आकर्षक प्रस्ताव आएको भन्ने चर्चा भइरहेको बेला मेस्सी साउदी अरब गएका हुन् ।
मेस्सीका चीर प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डो पनि अहिले साउदी अरबकै क्लबवाट खेलिरहेका छन् । उनलाई पनि महंगो रकममा साउदी क्लबले अनुबन्धित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण