सचिव पाण्डे सिंहदरबार वृत्तको हिरासतमा रहने, ३ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई सिंहदरबार हिरासतमा राखिने भएको छ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा भएको ठगी आरोपमा पक्राउ परेका पाण्डेलाई जिल्ला प्रहरी परिसर काठमाडौँले सिंहदरबार वृत्तको हिरासतमा राख्न लागेको हो ।
उनी बुधबार राजधानीको पेप्सीकोलाबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट ३ दिनको म्याद लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले उनीबारे अदालतबाट म्याद लिइएसँगै पाण्डेमाथि थप अनुसन्धान सुरु भइसकेको बताए ।
उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि पाण्डे गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको पाण्डेमाथि आरोप छ । आरोपीहरुले बयानका क्रममा उनको नाम पटक पटक मुछेको प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरीको हिरासतमा हुनेहरूले सचिव पाण्डेलाई ५० लाख नगद बुझाएको बयान दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण