आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

सचिव पाण्डे सिंहदरबार वृत्तको हिरासतमा रहने, ३ दिन हिरासतमा राख्न अनुमति

बुधबार, २० वैशाख २०८०, १६ : ३२
बुधबार, २० वैशाख २०८०

काठमाडौँ । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई सिंहदरबार हिरासतमा राखिने भएको छ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा भएको ठगी आरोपमा पक्राउ परेका पाण्डेलाई जिल्ला प्रहरी परिसर काठमाडौँले सिंहदरबार वृत्तको हिरासतमा राख्न लागेको हो । 

उनी बुधबार राजधानीको पेप्सीकोलाबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट ३ दिनको म्याद लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले उनीबारे अदालतबाट म्याद लिइएसँगै पाण्डेमाथि थप अनुसन्धान सुरु भइसकेको बताए । 

उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि पाण्डे गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको पाण्डेमाथि आरोप छ । आरोपीहरुले बयानका क्रममा उनको नाम पटक पटक मुछेको प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरीको हिरासतमा हुनेहरूले सचिव पाण्डेलाई ५० लाख नगद बुझाएको बयान दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप