अहिलेको आवश्यकता रोजगारी हो: प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अहिलो आवश्यकता रोजगारी सिर्जना रहेको बताएकी छन् । भरतपुर वडा नम्बर १५ ले आयोजना गरेको सिलाई कटाई तथा ड्राईभिङ ट्रेनिङको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले विकास निर्माणपछि महानगरको प्राथामिकता रोजगारी रहेको उल्लेख गरिन् ।
भरतपुर महानगरपालिकाले जति सक्दो दक्ष जनशक्ति उत्पादन गर्ने गरी नीति लिई महानगर र वडास्तरबाट मागको आधारमा सिपमूलक कार्यक्रम अगाडि बढाईरहेको प्रमुख दाहालले बताइन् ।
वडाबाट दैनिक रुपमा ठूलो संख्यामा विदेश जानका लागि सिफारिस लिन आउने पीडादायी अवस्था रहेकाले यसको अन्त्य गर्न महानगरपालिकाले यस वर्ष २ हजार जानलाई निःशूल्क तालिम दिन लागेको जानकारी दिइन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष श्रीकृष्ण देवकोटाले हस्तान्तरण भएको सिलाई मेशिनमार्फत थप रोजगारी सिर्जना गर्न प्रशिक्षर्थीलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा : राज्यमाथिको विश्वास टुट्दै जानु खतरनाक संकेत हो
-
फाइनलमा पुग्ने लक्ष्यसहित पहिलो पटक प्ले–अफ चरणमा भिड्दै पञ्जाब र मुम्बई
-
भिजिट भिसालाई सूक्ष्म अनुसन्धान गर्ने हो भने ठुलो उथलपुथल हुन्छ
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मन
-
८ वर्षमा फास्ट ट्रयाकको ४० प्रतिशत काम, २ वर्षमा सक्ने योजना