अहिलेको आवश्यकता रोजगारी हो: प्रमुख रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अहिलो आवश्यकता रोजगारी सिर्जना रहेको बताएकी छन् । भरतपुर वडा नम्बर १५ ले आयोजना गरेको सिलाई कटाई तथा ड्राईभिङ ट्रेनिङको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले विकास निर्माणपछि महानगरको प्राथामिकता रोजगारी रहेको उल्लेख गरिन् ।
भरतपुर महानगरपालिकाले जति सक्दो दक्ष जनशक्ति उत्पादन गर्ने गरी नीति लिई महानगर र वडास्तरबाट मागको आधारमा सिपमूलक कार्यक्रम अगाडि बढाईरहेको प्रमुख दाहालले बताइन् ।
वडाबाट दैनिक रुपमा ठूलो संख्यामा विदेश जानका लागि सिफारिस लिन आउने पीडादायी अवस्था रहेकाले यसको अन्त्य गर्न महानगरपालिकाले यस वर्ष २ हजार जानलाई निःशूल्क तालिम दिन लागेको जानकारी दिइन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष श्रीकृष्ण देवकोटाले हस्तान्तरण भएको सिलाई मेशिनमार्फत थप रोजगारी सिर्जना गर्न प्रशिक्षर्थीलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण