वैशाख २७ देखि भीमनारायण कप
धनकुटा । यही वैशाख २७ गतेदेखि धनकुटाको तल्लो टुँडिखेलमा १५औँ सहिद भीमनारायण रनिङ फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक संस्था सहिद भीमनारायण स्मृति प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरेर प्रतियोगितको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । जेठ २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल र भारतका आठ वटा फुटबल टोलीको सहभागिता रहने खेल संयोजक शम्भु प्रधानले जानकारी दिए ।
जिल्लाका सात स्थानीय तहको सहयोग तथा जगशक्ति स्टिलको मुख्य प्रयोजनमा सम्पन्न खेलका लागि रु ४१ लाख ५० हजार बराबरको आयोजकले खर्च सार्वजनिक गरेको छ । प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु पाँच लाखसहित रनिङ शिल्ड र उपविजेताले नगद रु दुई लाख ५० नगद पाउने प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जानकारी दिए ।
विसं २०३२ मा विराटनगरमा राजा वीरेन्द्रलाई बम हानेको आरोपमा भीमनारायण श्रेष्ठलाई विसं २०३५ गोली हानी श्रेष्ठको हत्या गरिएको थियो । उनैको सम्झना र सम्मानमा २०५५ सालदेखि फुटबल प्रतियोगिता हुँदै आएको हो । यो प्रतियोगिता जिल्लाकै ठूलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण