भौतिक मन्त्रालयको बजेट ३० प्रतिशत बढीले कटौती हुने भएपछि मन्त्री ज्वालाको चिन्ता
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै बजेट कटौती हुने भएपछि मन्त्री प्रकाश ज्वालाले चिन्ता व्यक्त गरेका छन् । सरकारले चालु आर्थिक वर्ष बजेट कार्यान्वयन, बजेट खर्च र राजस्व संकलनमा कठिन परेसँगै आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट घटाउने भएको छ ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्बको सीमा भित्र रहेर बजेट ल्याउन सरकारलाई निर्देशन गरिसकेको छ । यस्तो अवस्थामा कूल बजेटको १० प्रतिशत हाराहारी हिस्सा होल्ड गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै बजेट ३० प्रतिशत बढीले घटेर आउने भएपनि मन्त्री ज्वालाले चिन्ता व्यक्त गरेका हुन् ।
आगामी आर्थिक वर्षका लागि भौतिक मन्त्रालयले १ खर्ब १३ अर्ब रुपैयाँको बजेट सिलिङ पाएको छ । यो चालु आर्थिक वर्षको भन्दा ३२.३४ प्रतिशतले कम हो । कूल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको चालु आर्थिक वर्षको बजेटमा भौतिक मन्त्रालयले १ खर्ब ६७ अर्ब रुपैयाँ बजेट पाएको थियो ।
तर, आगामी आर्थिक वर्षका लागि घटेर आएको बजेटको सिलिङ भित्र नै रहेर मन्त्रालयले आफ्नो नीति तथा कार्यक्रम समेट्नुपर्ने भएको छ । यसले निकै सकस पारेको मन्त्री ज्वालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण