सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

भौतिक मन्त्रालयको बजेट ३० प्रतिशत बढीले कटौती हुने भएपछि मन्त्री ज्वालाको चिन्ता

बिहीबार, २१ वैशाख २०८०, १५ : २४
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै बजेट कटौती हुने भएपछि मन्त्री प्रकाश ज्वालाले चिन्ता व्यक्त गरेका छन् । सरकारले चालु आर्थिक वर्ष बजेट कार्यान्वयन, बजेट खर्च र राजस्व संकलनमा कठिन परेसँगै आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट घटाउने भएको छ । 

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्बको सीमा भित्र रहेर बजेट ल्याउन सरकारलाई निर्देशन गरिसकेको छ । यस्तो अवस्थामा कूल बजेटको १० प्रतिशत हाराहारी हिस्सा होल्ड गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै बजेट ३० प्रतिशत बढीले घटेर आउने भएपनि मन्त्री ज्वालाले चिन्ता व्यक्त गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि भौतिक मन्त्रालयले १ खर्ब १३ अर्ब रुपैयाँको बजेट सिलिङ पाएको छ । यो चालु आर्थिक वर्षको भन्दा ३२.३४ प्रतिशतले कम हो । कूल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको चालु आर्थिक वर्षको बजेटमा भौतिक मन्त्रालयले १ खर्ब ६७ अर्ब रुपैयाँ बजेट पाएको थियो । 

तर, आगामी आर्थिक वर्षका लागि घटेर आएको बजेटको सिलिङ भित्र नै रहेर मन्त्रालयले आफ्नो नीति तथा कार्यक्रम समेट्नुपर्ने भएको छ । यसले निकै सकस पारेको मन्त्री ज्वालाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप