प्राविमा स्थायी शिक्षकका लागि १ लाख १२ हजारको आवेदन
बिहीबार, २१ वैशाख २०८०, १५ : ५८
काठमाडौँ । प्राथमिक तहको स्थायी शिक्षकका लागि खोलिएको विज्ञापनमा १ लाख १२ हजार भन्दा बढीको आवेदन परेको छ । शिक्षक सेवा आयोगले गत ९ चैतमा विज्ञापन आह्वान गरेको थियो ।
खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुनका लागि १ लाख १२ हजार ८५ जनाले आवेदन दिएको आयोगले जनाएको छ ।
आगामी जेठ २० गते विषयगत सामान्य परीक्षा हुँदैछ । उक्त परीक्षामा सहभागी हुनका लागि अनलाइनबाटै प्रवेशपत्र प्रिन्ट गर्नुपर्ने आयोगले जनाएको छ ।
प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकोले प्रवेशपत्र सुरक्षित साथ राख्न भनेको छ । परीक्षामा सहभागी हुन आउँदा प्रवेशपत्रसहित आधिकारिक निकायबाट जारी भएका परिचय खुल्ने प्रमाणपत्र जस्तैः नागरिकता वा अध्यापन अनुमतिपत्र वा सवारी चालक अनुमतिपत्र वा राहदानी अनिवार्य रुपमा साथमा ल्याउनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया
-
आज अन्तर्राष्ट्रिय योग दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण