प्राविमा स्थायी शिक्षकका लागि १ लाख १२ हजारको आवेदन
बिहीबार, २१ वैशाख २०८०, १५ : ५८
काठमाडौँ । प्राथमिक तहको स्थायी शिक्षकका लागि खोलिएको विज्ञापनमा १ लाख १२ हजार भन्दा बढीको आवेदन परेको छ । शिक्षक सेवा आयोगले गत ९ चैतमा विज्ञापन आह्वान गरेको थियो ।
खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुनका लागि १ लाख १२ हजार ८५ जनाले आवेदन दिएको आयोगले जनाएको छ ।
आगामी जेठ २० गते विषयगत सामान्य परीक्षा हुँदैछ । उक्त परीक्षामा सहभागी हुनका लागि अनलाइनबाटै प्रवेशपत्र प्रिन्ट गर्नुपर्ने आयोगले जनाएको छ ।
प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकोले प्रवेशपत्र सुरक्षित साथ राख्न भनेको छ । परीक्षामा सहभागी हुन आउँदा प्रवेशपत्रसहित आधिकारिक निकायबाट जारी भएका परिचय खुल्ने प्रमाणपत्र जस्तैः नागरिकता वा अध्यापन अनुमतिपत्र वा सवारी चालक अनुमतिपत्र वा राहदानी अनिवार्य रुपमा साथमा ल्याउनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको प्रभाव : बंगलादेश र फिलिपिन्समा विद्यालय बन्द गर्न आदेश
-
गाजा युद्ध : यमनले कन्टेनर जहाजमा हान्यो मिसाइल
-
सवारी लाइसेन्स घोटाला प्रकरणमा बुटवल यातायातका अधिकृत पक्राउ
-
रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सम्झौतापत्रमा हस्ताक्षर
-
इलाममा सुहाङ नेम्वाङको अग्रता कायमै
-
इङ्ल्याण्डमा हुने फुटबलबाट सिक्नेछौँ : कप्तान लिम्बू