शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना

शुक्रबार, २२ वैशाख २०८०, ०६ : ०४
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभरको मौसममा सामान्य बदली रहेको छ । 

आज कोशी प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। यो क्रम शनिबार पनि कायमै रहने महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप