हेलिकप्टर दुर्घटनामा पाइलट र एक स्थानीय घाइते
शुक्रबार, २२ वैशाख २०८०, १४ : २८
विराटनगर । संखुवासभामा भएको हेलिकप्टर दुर्घटनामा दुई जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा हेलिकप्टर चालक विनोद पौडेल र एक स्थानीय रहेका छन् ।
पाइलट पौडेलको टाउकोमा चोट लागेको प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए । हेलिकप्टर भोटखोला गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनाग्रस्त भएको थियो ।
अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । उद्धारका लागि नेपाल आर्मी र प्रहरी पुगिसकेको प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘घरजग्गा व्यवसाय सुधार्न नीतिगत स्थिरता आवश्यक छ’
-
साउन महिना नजिकिँदै जाँदा किनमेल गर्नेहरूको चहलपहल, तस्बिरहरू
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन
-
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
-
एमालेसँग सहकार्य अन्त्य गर्ने कांग्रेसको निर्णयपछि लुम्बिनीमा राजनीतिक हलचल
-
कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण