एसपी आभुषण तिम्सिनाको राजीनामा स्वीकृत
शुक्रबार, २२ वैशाख २०८०, १४ : ३६
काठमाडौँ । प्रहरी उपरीक्षक आभुषण तिम्सिनाको राजीनामा स्वीकृत भएको छ । एसएसपी बढुवा सिफारिसमा छुटाएपछि तिम्सिनाले वैशाख १७ मा प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए ।
बिहीबार गृह सचिव विनोद प्रकाश सिंहले उनको राजीनामा स्वीकृत गरेका हुन् । राजीनामा स्वीकृत भएको पत्र प्राप्त भएको प्रहरी प्रवक्ता (डिआईजी) कुबेर कडायतले रातोपाटीलाई जानकारी दिए ।
बढुवा समितिले वैशाख १५ मा १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । बढुवा सिफारिसमा छुटेका तिम्सिना मेरिट लिस्टको २० औं नम्बरमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण