झापाबाट ११ लाख बराबरको भन्सार छलीको सामान बरामद
शुक्रबार, २२ वैशाख २०८०, १५ : १६
काठमाडौँ । प्रहरीले झापाबाट करिब ११ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । पूर्वबाट पश्चिमतिर आउँदै गरेको भारतीय नम्बर डब्लुबी–७३ ए ४२६६ नम्बरको ट्रकबाट भन्सार छलीको सामान बरामद गरिएको झापाका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका–६ कालीखोलाबाट ट्रकमा लोड गरेको स्मार्ट मोबाइल ३५ थान, टायल २४ कार्टुन, २ कार्टुन औषधी र ३ हजार ७८० थान गम्छा बरामद गरेको छ । सो सामानको मूल्य १० लाख ९० हजार मुल्यांकन गरिएको छ ।
ट्रक चालक भारतीय नागरिक ३८ वर्षीय निरन्जन रायले भन्सार कार्यालयमा छिरेर एक दिनको भन्सार काटेर निस्किएका थिए । सामान सहित ट्रकलाई मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाएको एसपी रेग्मीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण