सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने
काठमाडौँ। सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । दक्षिण कोरियाको जेन्जुमा मे ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामामा सागरले पुरुष १०९ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
पेरिस ओलम्पिक छनोटका रुपमा समेत रहेको प्रतियोगितामा सहभागी हुन १३ औं दक्षिण एसियाली खेलकुदका रजत विजेता सागरसहित ३ सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरिया प्रस्थान गर्दैछ । प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् । नेपालको खेल मे १३ तारिखमा रहेको छ ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति, भारोत्तोलनका मुख्य प्रशिक्षक राम पौडेल, प्रशिक्षक, खेलाडीलगायतले शुक्रबार एक कार्यक्रमबीच त्रिपुरेश्वरमा बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधा घण्टाका लागि स्थगित कर्णाली प्रदेश सभा बैठक शुक्रबार बस्ने
-
भारी वर्षासँगै कपन तरकारी बजार क्षेत्र जलमग्न
-
बालेन सरकारका ८ मध्ये ४ अध्यादेश प्रतिनिधि सभाबाट पारित
-
जम्बुडाँडाबाट श्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण