पोखरामा सबैभन्दा लामो ट्रायथलन आजबाट सुरु
काठमाडौं । हिमालयन एक्स्ट्राई ट्रायथलनको दोश्रो संस्करण आज पोखरामा सुरु हुँदैछ । हिमालयन एक्स्ट्राई नेपालको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा यो प्रतियोगिताको आयोजना हुन लागेको छ ।
प्रतियोगितामा सहभागिता जनाउन २२ देशका ३६ जना खेलाडी र उनीहरुको क्रु–मेम्वर पोखरा आइसकेको हिमालयन एक्स्ट्राई नेपालका रेस डाइरेक्टर रिक्की योन्जनले जनाएका छन् ।
प्रतियोगितामा बेलायत, अमेरिका, अस्ट्रेलिया, नेदरल्याण्ड, ग्रिस, रुस, चेक गणतन्त्र, इस्टोनिया, बंगलादेश, भारतलगायतका मुलुकबाट ५ महिला र ३१ पुरुष गरी कुल ३६ खेलाडीले सहभागिता जनाउने जानकारी पनि उनले दिए ।
प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, सिभिक क्लिनिकलगायतको सहयोग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण