५४ तोला अवैध सुनसहित अन्य के–के भयो बरामद ?
विराटनगर । विराटनगरबाट प्रहरीले अवैध ५४ तोला सुन, ७ लाख ९० हजार भारतीय रुपैयाँसहित बरामद सामानको विवरण सार्वजनिक गरेको छ ।
प्रहरीले सार्वजनिक गरेको विवरणमा ठूलो बिस्कुट ३ थान (३० तोला), सानो बिस्कुट ६ थान (६ तोला), पाँच ग्रामको बिस्कुट २ थान (१० ग्राम), सुनका सिक्काहरु (३६ ग्राम), चार ग्रामको सिक्का १० थान (४० ग्राम), १० ग्रामको सिक्का १ थान, आठ ग्रामको सिक्का ६ थान (४८ ग्राम), १० ग्रामको सिक्का २ थान (२० ग्राम), कनौती २ थान (५.७८ ग्राम) र ह्यालिङ २ थान (६.५० ग्राम) गरेर ५४ तोला सुन रहेको छ ।
यस्तै चाँदी जस्तो देखिने सेतो धातुबाट बनेको सामाग्रीहरुमा ढिक्का ११ थान (१७१९.४४ ग्राम), बुनिया (९२.८० ग्राम), सिक्का ६८ थान (३६८.३२ ग्राम), चार मुखे कचौरा (दियो) १ थान (५०.१४ ग्राम), सिन्दूर राख्ने सिसी १ थान (५.४८ ग्राम), थाल ६ थान (२४१४.०८ ग्राम), कचौरा ६ थान (३९७.८४ ग्राम), चम्चा ६ थान (३०३.४९ ग्राम), गिलास ६ थान (३६८.८३ ग्राम), मड्की १ थान (३७.८८ ग्राम) र डिनरसेट ढोंगा ४ थान रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले मोरङ विराटनगर महानगरपालिका–१५ बाट उक्त सामान बरामद गरेको हो । को २ च १४९५ नम्बरको भेनमा उक्त सामान सहित सवार रहेका ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेन चालक विराटनगर–२ का ५२ वर्षीय बिमल कामत, भारत बिहार कटिहारका ६१ वर्षीय विनोद कुमार मुरारका र उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरारका रहेका छन् ।
शुक्रबार दिउँसो साढे ३ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट परिचालन भएको प्रहरी वरिष्ठ नायव निरीक्षक फिरोज चौधरीसहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले विभिन्न दरका ७ लाख ९५ हजार २ सय ८९ रुपैयाँ बराबरको भारतीय रुपैयाँ समेत बरामद गरेको छ ।
बरामद गरिएका सामानहरु ९० लाख मूल्य बरावरको रहेको प्रहरीको दाबी छ । थप अनुसन्धानका लागि उक्त सामान जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन महिना नजिकिँदै जाँदा किनमेल गर्नेहरूको चहलपहल, तस्बिरहरू
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन
-
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
-
एमालेसँग सहकार्य अन्त्य गर्ने कांग्रेसको निर्णयपछि लुम्बिनीमा राजनीतिक हलचल
-
कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी
-
बेचन झा केन्द्रीय कारागारबाट छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण