समीक्षा भन्छिन् : म गलत थिइनँ, माया लागेर बयान फेरेँ
आइतबार, २४ वैशाख २०८०, १२ : ४०
१
काठमाडौंँ । गायिका समीक्षा अधिकारीले आफू गलत नभएको बताएकी छन् । गायिका अधिकारीले आफू गलत नभएपनि माया लागेर बयान फेरेको अभिव्यक्ति दिएकी हुन् ।
एक टेलिभिजन अन्तर्वार्तामा उनले आफ्नो सुरक्षाका लागि उजुरीमा गएको र पछि माया लागेकोले अदालतमा बयान फेरेको बताएकी हुन् ।
‘उहाँको टिमबाट मार्ने धम्की, दिनदिनै टर्चर गरेकोले मुद्दा हालेकोे थिएँ’, उनले अगाडि भनेकी छन् ‘आफ्नो सुरक्षाका लागि त्यो निर्णय गरेको हो ।’ त्यो समय आफ्नो दिनमै ५ वटा गीत रेकर्ड हुने बताएकी उनले टर्चरका कारण डिप्रेसनको स्थिति पनि आएको खुलाएकी छन् । अन्तरवार्तामा उनले भनेकी छन्, ‘मलाई यसले ठुलो रुप लिन्छ भनेर थाहा पनि थिएन । यति हो कि म गलत छैन ।’
उनकै बयानका आधारमा बलात्कार अभियोगमा अभियुक्तले सफाइ पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण