नक्कली भुटानी शरणार्थी प्रकरण : संसद्मा सूर्य र ज्ञानेन्द्रको जुहारी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सांसद सूर्य थापा र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीबीच जुहारी चलेको छ । प्रतिनिधि सभाको बैठकमा सांसद थापाले नक्कली भुटानी शरणार्थी बनेर जान चाहनेहरू पनि अपराधी भएको भनेपछि शाहीले त्यसको प्रतिवाद गरेका हुन् ।
थापाले भनेका थिए, ‘कोही पनि नक्कली शरणार्थी बनेर जान चाहन्छन् भने उनीहरू पनि अपराधी हुन् । अपराधीका बारेमा रुवावासी नगरौँ । दोषीमाथि कारबाही होस्, निर्दोषलाई नफसाइयोस् ।’
लगत्तै राप्रपा सांसद शाहीले त्यसको प्रतिवाद गर्दै नागरिकलाई नक्कली शरणार्थी बन्न बाध्य पार्ने दलहरुले उनीहरूलाई कारबाही गर भन्ने भन्दै प्रश्न उठाएका थिए । शाहीले भने, ‘एउटा नागरिकलाई बाध्य पारेर नागरिकता त्यागेर ५०–५० लाख तिरेर शरणार्थी बन्न बाध्य पारिएको छ । शरणार्थी बन्न बाध्य पार्ने यी दलहरू अहिले तिनीहरूलाई उल्टो तिनीहरूलाई कारबाही गर्नुपर्छ भन्ने ? जोजो संलग्न छन् तिनीहरूलाई कारबाही गरियोस् । जसले भुटानी शरणार्थी बनाउन बाध्य पारे तिनीहरूलाई कारबाही होस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको स्याउ मनाङमै खपत
-
टोटनह्यामविरुद्धको खेल पुनः खेलाइनुपर्ने क्लपको माग
-
अनलाइन सट्टेबाजी : अभिनेता रणवीर कपूरलाई सोधपुछका लागि बोलाइयो
-
एमसीसी परियोजनाले नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुल्यो : प्रचण्ड
-
आमिर खानको फिल्ममा सनी देओल मुख्य भूमिकामा रहने
-
आम आदमी पार्टीका सांसद सञ्जय सिंह पक्राउ