नक्कली भुटानी शरणार्थी प्रकरण : संसद्मा सूर्य र ज्ञानेन्द्रको जुहारी
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सांसद सूर्य थापा र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीबीच जुहारी चलेको छ । प्रतिनिधि सभाको बैठकमा सांसद थापाले नक्कली भुटानी शरणार्थी बनेर जान चाहनेहरू पनि अपराधी भएको भनेपछि शाहीले त्यसको प्रतिवाद गरेका हुन् ।
थापाले भनेका थिए, ‘कोही पनि नक्कली शरणार्थी बनेर जान चाहन्छन् भने उनीहरू पनि अपराधी हुन् । अपराधीका बारेमा रुवावासी नगरौँ । दोषीमाथि कारबाही होस्, निर्दोषलाई नफसाइयोस् ।’
लगत्तै राप्रपा सांसद शाहीले त्यसको प्रतिवाद गर्दै नागरिकलाई नक्कली शरणार्थी बन्न बाध्य पार्ने दलहरुले उनीहरूलाई कारबाही गर भन्ने भन्दै प्रश्न उठाएका थिए । शाहीले भने, ‘एउटा नागरिकलाई बाध्य पारेर नागरिकता त्यागेर ५०–५० लाख तिरेर शरणार्थी बन्न बाध्य पारिएको छ । शरणार्थी बन्न बाध्य पार्ने यी दलहरू अहिले तिनीहरूलाई उल्टो तिनीहरूलाई कारबाही गर्नुपर्छ भन्ने ? जोजो संलग्न छन् तिनीहरूलाई कारबाही गरियोस् । जसले भुटानी शरणार्थी बनाउन बाध्य पारे तिनीहरूलाई कारबाही होस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण