जथाभाबी बोल्ने र लेख्ने नेतालाई एकीकृत समाजवादीले कारबाही गर्ने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय अनुशासन आयोगले पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरूले पार्टीको सिद्धान्त, आचरण र पार्टी विधानको विपरीत हुने गरी सञ्चार माध्यमहरू र सामाजिक सञ्जालमा अभिव्यक्ति दिए कारबाही गर्ने चेतावनी दिएको छ ।
केही नेताहरूले गैह्रजिम्मेवारीपूर्ण अभिव्यक्तिहरू दिएको र तिनै कुराहरूलाई प्रतिगामी तत्त्वहरूले उछालिरहेको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । अध्यक्ष शिव बहादुर देउजाले जारी गरेको विज्ञप्तिमा आफ्ना फरक मत र विचारहरूलाई पार्टीको आफू संगठित रहेको कमिटीको बैठकमा राख्ने, छलफल र बहस चलाउन समितिले आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘एउटा जीवन्त र क्रियाशील पार्टीमा आफ्ना फरक मतहरू हुन सक्छन् । आफ्ना फरक मत र विचारहरूलाई पार्टीको आफू संगठित रहेको कमिटीको बैठकमा राख्ने, छलफल र बहस चलाउने र त्यहाँबाट टुङ्गिएको निर्णयलाई इमानदारीपूर्वक पार्टी निर्णयको रूपमा कार्यकर्ता तथा जनतासम्म पुऱ्याउने कम्युनिष्ट पार्टीको सर्वमान्य लेनिनवादी साङ्गठनिक सिद्धान्त स्थापित नै छ । यही विधि र पद्धतिलाई कडाइका साथ पालन गर्न गराउनु माथिल्लो कमिटीदेखि तल्लो कमिटीसम्मका सबै नेताहरूको महत्त्वपूर्ण जिम्मेवारी हुन्छ ।‘
यसलाई गम्भीरतापूर्वक नलिई पार्टी विधान विपरीत आफ्ना अभिव्यक्ति र क्रियाकलापहरू कसैले पनि गर्न नपाइने विज्ञप्तिमा भनिएको छ। ‘यसलाई अटेर र बेवास्ता गर्ने प्रवृत्तिले पार्टी नै कमजोर हुने हुँदा आगामी दिनहरूमा आफ्ना कमी कमजोरीहरूलाई सुधार्नका लागि सचेत गराइन्छ । अन्यथा पार्टी विधान अनुरूप आवश्यक कार्यबाहीको अघि बढाइने कुरा समेत जानकारी गराइन्छ,’ विज्ञप्तिमा चेतावनी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण