उपाधितर्फ लम्कँदै ‘लिग लिडर’ पीएसजी
काठमाडौं । ‘लिग लिडर’ पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च लिग फुटबलको आफ्नो पछिल्लो खेलमा पनि सफलता हात पारेको छ । जितसँगै पीएसजीले आफ्नो उपाधि यात्रालाई बलियो बनाउँदै लगेको छ ।
आइतबार राति खेलिएको खेलमा पीएसजीले ट्रोयसमाथि ३—१ गोलको सजिलो जित हात पा¥यो । उक्त खेलमा पीएसजीको टोलीमा अर्जेन्टिनी स्टार लियोनल मेसी भने उपस्थित थिएनन् । उनी निलम्बनमा परेका छन् ।
मेसी निलम्बनमा परेयता फ्रेन्च लिगमा पीएसजीले खेलेको यो पहिलो खेल पनि हो । खेलको प्रारम्भदेखि नै पीएसजीले ट्रोयसलाई दबाबमा राखेको थियो । खेलको पहिलो हाफमा १ गोल गरेको पीएसजीले दोस्रो हाफमा २ गोल थपेको थियो ।
खेलको आठौं मिनेटमा केलियन एमबाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए । सोही गोलका कारण पीएसजी खेलको पहिलो हाफमा १—० ले अगाडि रह्यो । त्यसपछि खेलको ५९औं मिनेटमा भिटिन्हाले पीएसजीको अग्रता दोब्बर बनाएका थिए ।
निर्धारित समयको ८३औं मिनेटमा घरेलु टोली ट्रोयसले १ गोल फर्काएको थियो । घरेलु टोलीका लागि उक्त गोल जाभियर चवालेरिनले गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा ४ मिनेटअघि फाबियन रुइजले पीएसजीका लागि तेस्रो गोल गरेका थिए ।
पीएसजीले ३४ खेलबाट ७८ अंक जोडेको छ । पीएसजीलाई कीर्तिमानी रुपमा ११औं पटक फ्रेन्च लिगको उपाधि उचाल्ने अभियानमा छ । पीएसजीले तालिकाको दोस्रो स्थानमा आसिन लेन्ससँग ६ अंकको अग्रता लिएको छ । लेन्सले ३४ खेलबाट ७२ अंक बटुलेको छ । ट्रोयस भने ३४ खेलबाट २२ अंक जोड्दै तालिकाको १९औं स्थानमा छ । ट्रोयस पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै रेलिगेसनमा पर्नबाट जोगिने धुनमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण