पेरुको सुन खानीमा आगलागी, २७ जनाको मृत्यु
पेरु । पेरुमा जमिनभन्दा १ सय मिटर तल रहेको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एपीका अनुसार उत्खनन गर्ने कम्पनी यानाक्विहुआले एक वक्तव्य जारी गर्दै शुक्रबार राति र शनिबार बिहानको बीचमा भएको यो दुर्घटनाबाट १७५ जना श्रमिकलाई सुरक्षित उद्धार गरेको जानकारी दिएको छ । वक्तव्यमा मारिने २७ जना एउटै ठेकेदारका लागि काम गर्ने उल्लेख छ ।
सरकारी अधिकारीहरूले घटनाको जाँच भइरहेको बताएका छन् । मिडिया रिपोर्टका अनुसार दक्षिण अमेरिकाको अरेक्विपा क्षेत्रमा रहेको सो खानीमा सर्ट सर्किटका कारण आगलागी भएको थियो । स्थानीय सरकारले खानीभन्दा सबैभन्दा नजिकको प्रहरी कार्यालाय पनि ९० मिनेट टाढा रहेको र नजिकको सहर पनि कयौँ किलोमिटर टाढा रहेको बताएको छ । यसै कारण आपत्कालीन उद्धार अभियानमा कठिनाइ भएको थियो ।
पेरु विश्वको सबैभन्दा धेरै सुन उत्पादक देशहरू मध्येमा पर्दछ । यहाँ हरेक वर्ष १ सय टनभन्दा बढी सुन उत्पादन हुन्छ । पेरुले वैश्विक सुन उत्पादनको ४ प्रतिशत हिस्सा ओगट्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण