सर्वोच्चले भन्यो– प्रतिनिधिसभा सदस्यमा विन्दवासिनीलाई स्थापित गर्ने निर्णय यथास्थितिमा राख्नू (आदेशसहित)
काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य पदमा विन्दवासिनी कसांकारलाई स्थापित गर्ने रास्वपाको निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । रास्वपाले कंसाकारलाई प्रतिनिधिसभा सदस्य पदमा स्थापित निर्णय गरेपछि बर्खास्तीमा परेका ढाकाकुमार श्रेष्ठ सर्वोच्च गएका थिए ।
ढाकाको रिटमाथि सोमबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलालले यसबारे १५ दिनभित्र जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएको छ । साथसाथै कंसाकारसम्बन्धी पत्राचार एवं काम कारबाहीहरु थप कार्यान्वन नगरी हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा राख्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।
‘अर्को आदेश नभएसम्म निवेदकको सांसद पद रिक्त भएको मानी निजको स्थानमा प्रतिनिधि सभा सदस्य पदमा विपक्षी मध्येका विन्दवासिनी कसांकारलाई स्थापित गर्ने २०७९।१२।२९ मा भएको निर्णय र सो सम्बन्धी पत्राचार एवं काम कारबाहीहरु थप कार्यान्वन नगरी हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा यथास्थितीमा राख्नु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) को खण्ड (क) बमोजिम विपक्षीहरुको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरुलाई गराई नियमानुसार पेश गर्नू’, आदेशमा भनिएको छ ।
अदालतले निवेदक दुबै पक्षलाई छलफलमा राखेपछि मात्र अन्तरिम आदेश जारी गर्ने निष्कर्ष निकालेको छ । जसअनुसार जेठ ५ गतेलाई दुबै पक्षलाई छलफलमा बोलाइएको छ । त्यतिबेलासम्म श्रेष्ठमाथिको कारबाही कार्यान्वयन नगर्न अदालतले भनेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण