ढाकाकुमार भन्छन् - सत्य शाश्वत छ, बोलिरहनु पर्दैन
काठमाडौं । मेडिकल ब्यवसायी दूर्गा प्रसाईको अडियो प्रकरणपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद पद र पार्टीको जिम्मेबारीबाट निलम्बन गरेका ढाकाकुमार श्रेष्ठले पुनः एकपटक आफु निर्दोष भएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै आफुमाथि निराधार आरोप लगाएर फसाउन खोजिएको दाबी गरेका छन् ।
आफन्त तथा शुभचिन्तकहरुलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘बोलेर जित्ने भनेको बादबिवाद प्रतियोगितामा हो । विषम परिस्थितीमा गाह्रो अवस्थामा संयमता ,धैर्यता र विवेक प्रयोग गर्नुपर्छ। खायको बिष लाग्छ, जवरजस्ती कसैको शरीरमा हिलो छ्याप्दैमा केही समय त लाग्ला कि यो मान्छे फोहोरी हो भन्ने तर समय र परिस्थितीसँगै सबै कुरा छर्लंङग दुधको दुध पानिको पानि छुट्टी हाल्छ । सुर्यले म पूर्वबाट उदाउछु भनिरहनु पर्छ र? आगोले मैले पोल्छु भनिरहनु पर्छ र? सत्य शाश्वत छ, बोलिरहनु पर्दैन, भनिरहनु पर्दैन । असत्यले केही समय भ्रम छरे पनी बिस्तारै सत्यले त्यो भ्रम तोड्दै आफ्नो वास्तविकता स्थापित गरेर छाड्छ ।’
कठिन परिस्थितिमा आफुलाई साथ र सहयोग गर्नेहरुप्रति उनले आभार पनि ब्यक्त गरेका छन् । ‘म एउटा सोझो नेवारको छोरो जालझेल छलकपट नजानेको मान्छे, चिकित्सक पेशामै रमाईरहेको मान्छे फोहोरी राजनितीलाई सफा गरौ, भन्ने संकल्पले आफ्नो पेशालाई दाउमा राखेर राजनितीमा होमिए तर दुर्भाग्य जसरी नियोजित रुपमा म माथि षडयंत्र भयो यस्लाई इतिहासले समिक्षा गर्ला । म भर्खरै राजनितीमा आफ्नो भविष्य खोज्दै गरेको यूवालाई जसरी कलिलो मुनामै निमुठ्ने कोशिस गरियो यो राष्ट्रका लागी र भावी यूवा पुस्ता जो राजनितीमा आउन चाहन्छन उनका लागी पनि एउटा दुखद सन्देस हो। जस्को कोही पनि हुदैन उस्को साथमा भगवान हुन्छन। जव दुनिया नै तपाईको बिरुद्धमा लाग्छ तव तपाई सही मार्गमा हुनुहुन्छ भनेर बुझ्नुहोस । अन्तमा प्रत्यक्ष अप्रत्यक्ष मलाई यो कठिन परिस्थितीमा साथ सहयोग गर्ने तपाई सम्पूर्ण आफन्त तथा शुभचिन्तकहरुमा हार्दिक नमन,’ उनले आफ्नो स्टाटसमा उल्लेख गरेका छन् ।
केही समयअघि उनले प्रसाईसँग पैसा मागेको अडियो सार्वजनिक भएको थियो । उक्त अडियोमा उनले मन्त्री बन्नका लागि पार्टीलाई बुझाउनु पर्ने भन्दै प्रसाईसँग पैसा मागेको सुनिन्छ । तर, श्रेष्ठले भने आफुमाथि लागेको आरोप निराधार भएको र आफुलाई फसाउन खोजिएको दाबी गर्दै आएका छन् ।
श्रेष्ठलाई पदमुक्त गरेको सम्बन्धमा सर्वोच्च अदालतले सोमबार मात्र विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । इजलासले लिखित जवाफ आएपछि अन्तरिम आदेशबारे दुवै पक्षलाई बोलाएर छलफल गर्ने गरी त्यतिन्जेलसम्म उनीमाथिको कारवाही कार्यान्वयन नगर्न र नगराउन विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण