नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर ‘कनेक्सन’ बारे एमाले बैठकमा छलफल हुने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टी सचिव टोपबहादुर रायमाझीबारे छलफल हुने भएको छ । वैशाख २८ गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न बोलाइएको सचिवालय बैठकमा समसामयिक राजनीति र विकसित घटनाक्रमका बारेमा पनि छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । ‘खासगरी सचिवालय बैठक केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न बोलाइएको हो’, उपाध्यक्ष ज्ञवालीले रातोपाटीसँग भने, ‘त्यसपछि समसामयिक राजनीति र विकसित घट्नाक्रमका बारेमा पनि छलफल हुनसक्छ ।’
एमाले सचिवालय बैठक मंगलबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्दैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव समेत रहेका नेता रायमाझी समेत संलग्न भएको प्रहरीको निष्कर्षपछि अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । गत बुधबार अदालतले रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेपनि उनलाई प्रहरीले अहिलेसम्म पक्राउ गरि नसकेको दावी गर्दै आएको छ । पुर्जी जारी भएपछि पनि रायमाझी पक्राउ नपरेको भन्दै आलोचना भइरहेको छ । यता नेकपा एमालेकै कतिपय नेता कार्यकर्ताले समेत रायमाझीले अदालत उपस्थित भएर अनुसन्धानमा सहयोग गर्नुपर्नेमा फरार भएर दोषी करार गरेको भन्दै उनलाई पार्टीले निलम्बन गर्नुपर्ने दवाव एमाले नेतृत्वलाई दिन थालेका छन् ।
‘समस्या आइसकेपछि फेस गर्नुपर्छ यसरी छलेर निष्कर्षमा पुगिँदैन’, एमाले नेता शेरबहादुर तामाङले भने, ‘दोषी नभए डराउनुपर्ने कारण नै छैन । यस्तो अवस्थामा त वास्तविकता पो सार्वजनिक गर्नुपर्ने हो ।’ एमालेका अर्का नेता निरज आचार्यले त सामाजिक सञ्जालमार्फत एमालेको जुनसुकै पदमा भएपनि भुटानी शरणार्थी प्रकरणमा मुछिए पनि पार्टीबाट निलम्बन गर्नुपर्ने धारणा सार्वजनिक गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण