नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर ‘कनेक्सन’ बारे एमाले बैठकमा छलफल हुने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टी सचिव टोपबहादुर रायमाझीबारे छलफल हुने भएको छ । वैशाख २८ गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न बोलाइएको सचिवालय बैठकमा समसामयिक राजनीति र विकसित घटनाक्रमका बारेमा पनि छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । ‘खासगरी सचिवालय बैठक केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न बोलाइएको हो’, उपाध्यक्ष ज्ञवालीले रातोपाटीसँग भने, ‘त्यसपछि समसामयिक राजनीति र विकसित घट्नाक्रमका बारेमा पनि छलफल हुनसक्छ ।’
एमाले सचिवालय बैठक मंगलबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्दैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव समेत रहेका नेता रायमाझी समेत संलग्न भएको प्रहरीको निष्कर्षपछि अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । गत बुधबार अदालतले रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेपनि उनलाई प्रहरीले अहिलेसम्म पक्राउ गरि नसकेको दावी गर्दै आएको छ । पुर्जी जारी भएपछि पनि रायमाझी पक्राउ नपरेको भन्दै आलोचना भइरहेको छ । यता नेकपा एमालेकै कतिपय नेता कार्यकर्ताले समेत रायमाझीले अदालत उपस्थित भएर अनुसन्धानमा सहयोग गर्नुपर्नेमा फरार भएर दोषी करार गरेको भन्दै उनलाई पार्टीले निलम्बन गर्नुपर्ने दवाव एमाले नेतृत्वलाई दिन थालेका छन् ।
‘समस्या आइसकेपछि फेस गर्नुपर्छ यसरी छलेर निष्कर्षमा पुगिँदैन’, एमाले नेता शेरबहादुर तामाङले भने, ‘दोषी नभए डराउनुपर्ने कारण नै छैन । यस्तो अवस्थामा त वास्तविकता पो सार्वजनिक गर्नुपर्ने हो ।’ एमालेका अर्का नेता निरज आचार्यले त सामाजिक सञ्जालमार्फत एमालेको जुनसुकै पदमा भएपनि भुटानी शरणार्थी प्रकरणमा मुछिए पनि पार्टीबाट निलम्बन गर्नुपर्ने धारणा सार्वजनिक गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गर्यो : पाकिस्तान
-
भारत र पाकिस्तान तनाव : सैन्य शक्ति कसको बढी छ ?
-
पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते
-
आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
-
नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै, राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने