प्रेम सुवालको प्रश्न : ‘दाहाल, देउवा र ओलीको बैठक फिल्म देखाउनका लागि हो ?’
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बीचको छलफल फिल्म देखाउनका लागि हो भन्दै कटाक्ष गरेका छन् । मङ्गलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवालले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव बेचबिखन गरेर अरबौँ ठगी गर्नेहरू सार्वजनिक गर्न माग गरेका छन् ।
सांसद सुवालले भने– ‘सभामुख महोदयमार्फत प्रधानमन्त्रीलाई यो संसद्मा स्पष्ट गराउनुपर्ने केही विषय राख्न चाहन्छु । नेपालीलाई भुटानी शरणार्थी बनाई मानव बेचबिखन गर्ने र अरबौँ ठगी गर्नेहरू को को हुन ? प्रधानमन्त्रीज्यूले फिल्म देखाउने भन्नुभएको थियो, अहिले दाहालजी, देउवाजी र ओलीजीको मिटिङ भइरहेको त्यो फिल्म देखाउनकै लागि हो कि ?’
उनले ख्वप विश्वविद्यालयको विधेयक दर्ता भएर सांसदहरूलाई वितरण भइसकेर पनि अहिलेसम्म किन रोकिएको भन्दै प्रश्न गरे । खानेपानीको मुहान भक्तपुर र बागेश्वरी बीचको जङ्गल बिगारेर माथि बागेश्वरी मझुवामा खेल मैदान बनाउनेहरूलाई किन कारबाही हुँदैन भन्दै सांसद सुवालले बर्खाको पानी जम्मा हुने गरी खोलामा ड्याम बनाउन बजेट व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण