रमेशजंग रायमाझीले प्रयोग गरेको ‘झड्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन निर्देशन
काठमाडौँ । सांसद रमेशजंग रायमाझीले धारणा राख्ने क्रममा बोलेको ‘झड्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।
गत आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव टोपबहादुर रायमाझीबारे अभिव्यक्ति दिँदा रमेशजंग रायमाझीले ‘झड्केलो छोरो’ शब्द प्रयोग गरेका थिए । यसको भोलिपल्ट सोमबार बसको राष्ट्रिय सभा बैठकमा एमालेका सांसद भैरव सुन्दर श्रेष्ठले रायमाझीले बोलेको ‘झड्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन माग गरेका थिए ।
यसपछि अध्यक्ष तिमिल्सिनाले आफूले सुनेर आवश्यक निर्णय लिने जानकारी गराएका थिए । सोहीअनुसार मंगलबार बसेको बैठकमा अध्यक्ष तिमिल्सिनाले सांसद रमेशजंग रायमाझीले बोल्दा प्रयोग गरेको ‘उहाँको झड्केलो छोरो हो, टोपबहादुर रायमाझी’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।
‘वैशाख २४ गतेको बैठकमा दलका नेताहरूले आफ्ना भनाइ राख्ने क्रममा माननीय रमेशजंग रायमाझीबाट प्रयोग भएको शब्द रेकर्डबाट हटाइयोस् भनी माग गर्नुभएकोले उहाँले बोल्दा प्रयोग गर्नुभएको उहाँको ‘झड्केलो छोरो हो, टोपबहादुर रायमाझी’ भन्ने शब्द राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१ को घको व्यवस्थासँग मेल नखाने भएकाले २०८० वैशाख २४ गतेको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु,’ अध्यक्ष तिमिल्सिनाले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अध्यक्षतामा ब्रिक्स यातायात मन्त्रीहरूको बैठक सम्पन्न, मन्त्रीस्तरीय घोषणापत्र पारित
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
-
कटेनी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण