महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाउने हिम्मत गर्नुपर्छ : शाही
सुर्खेत । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले कांग्रेसलाई रुपान्तरण गर्ने हो भने महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाउने हिम्मत गर्नुपर्ने बताएका छन् । पार्टीभित्र असन्तुष्टि पोखेर मात्रै रुपान्तरण सम्भव नभएकाले विशेष महाधिवेशन बोलाएर नै वृहत छलफल गरिनुपर्ने उनको भनाई छ ।
आज सुर्खेतमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले कांग्रेसलाई सुधार गर्नु नै अहिलेको आवाश्यकता रहेको औंल्याए । ‘कांग्रेसलाई सुधार गर्ने हो भने महामन्त्रीद्धयको टालटुले छलफलले कांग्रेस रुपान्तरण हुने अवस्था छैन,’ शाही भन्छन्, ‘त्यसैले रुपान्तरण नै गर्ने हो भने विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ ।’ शाहीले पार्टीभित्र पनि तीव्र असन्तुष्टि पैदा भइरहेको र आशा जगाउनुपर्ने अहिलेको आवाश्यकता रहेको बताए । उनले भने, ‘पार्टीमा ठुलो आशा जगाउनु पर्नेछ । जनतामाझ भरोसा र कार्यकर्तामा विश्वास जगाउनुपर्ने छ । यो परिस्थितिमा सामान्य झारा टार्ने खालको छलफलले निकास निस्किँदैन ।’
महामन्त्रीहरु नै सभापति शेरबहादुर देउवासँग असन्तुष्ट हुन् भने विशेष महाधिवेशनको बैठक बोलाएर वृहत छलफल र समीक्षा गर्नुपर्ने उनको भनाई छ । केही दिनअघि महामन्त्री गगन थापाले फेसबुकमा ‘अब त अति भयो’ भन्ने शीर्षकमा स्टाटस् लेखेका थिए । युवा नेता शाहीले पार्टीको कार्यकारी भूमिकामा रहेका महामन्त्रीले फेसबुक र ट्वीटरमा
लेखेर मात्र पार्टी सुधार नहुने बताए । ‘हामीले रुपान्तरणको अभियान सुरु गरिरहेका छौँ, यो भनेको पार्टीभित्र निरास भएका कार्यकर्ताहरुलाई आशा जगाउने काम हो,’ उनले भने, ‘यद्यपि हामी पार्टीको कार्यकारी भूमिकामा छैनौँ । पार्टीको कमजोरीलाई उठाउँदै अहिले रुपान्तरणको अभियान चलिरहेको छ । उहाँहरुले फेसबुकमा स्टाटस् मात्र लेखेर उम्किन मिल्दैन । उहाँहरुले असन्तुष्टि जारी गरिसकेपछि र पार्टी सुधारको अभियानमा लाग्ने हो भने विशेष महाधिवेशन बोलाउनैपर्छ ।’
साथै उनले पार्टी रुपान्तरणको अभियानमा कुनै गुट–उपगुट भन्दा पनि सबै नेता र कार्यकर्ताहरु अग्रसर हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण