आगलागीमा परी तीनको जना मृत्यु
अर्घाखाँची । भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ मध्ये ३ जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो भूमिकास्थान– २ तिरतिरेमा पदम वेल्वासेको घरमा लागेको आगो निभाउने क्रममा घाइते भएका ७२ वर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र ५२ वर्षीय घनश्याम वेल्वासेको उपचारको क्रममा ज्यान गएको हो ।
सो आगलागीमा परी घाइते भएकालाई सुरुमा जिल्ला अस्पताल सन्धिखर्कमा उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभए पछि थप उपचारका लागि मिसन अस्पताल पाल्पाका लागि रेफर गरिएको थियो । पाल्पा मिशन अस्पतालमा पनि उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएकोमा उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा तीनैजनाको बाटोमै मृत्यु भएको छिमेकी विष्णु वेल्वासेले सञ्चारकर्मीलाई जानकारी दिए ।
उनका अनुसार सोही आगलागीमा परेर घाइते अर्का ३६ वर्षीय माधव वेल्वासेको अवस्था गम्भीर रहेको छ । उनको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने
-
निगमलाई उकास्न उपयुक्त मोडलको खोजी भइरहेको छ : मन्त्री पौडेल
-
साउन अन्तिममा नेपाल फर्केलान् देउवा दम्पती ?
-
वीरगन्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालनयोग्य बनाउन रुस तयार
-
हालान्डका लागि कुनै मञ्च ठूलो छैन
-
इरानले पुनः स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशङ्का छ : प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण