कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

काठमाडाैँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा प्रहरीले खाणलाई पक्राउ गरेको हो ।
शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा खाणलाई बुधबार बिहान पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहँदै आएका छन् । उनलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भएपनि फरार रहँदै आएका हुन् ।
खाण पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या ११ पुगेको छ ।
यसअघि प्रहरीले रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोत्नेदेखि दाउनेसम्मका लागि यान्त्रिकरण
-
प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबिच आपसी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न
-
टाइगर उड्स भन्छन्, ‘हारको स्वाद नचाखेसम्म सन्न्यास लिने कुरै आउँदैन’
-
हमासद्वारा दुई विदेशीसहित थप १२ जना बन्धक रिहा
-
एमाले मधेस प्रदेश : लखन दासलाई हटाएर महतोलाई किन बनाइयो सचेतक ?
-
हालान्डको रेकर्ड, दुई गोलले पछि परेको स्थिति उल्टायो सिटीले