बालकृष्ण खाणलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ४ दिन हिरातमा राख्न अनुमति दिएको छ । अदालतले जिल्ला प्रहरी परिसर काठमाडौँलाई ४ दिनको म्याद थप गरेर अनुसन्धान गर्न समय प्रदान गरेको हो । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा मुछिएपछि बुधबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । अदालतमा लैजानुअघि खाणको स्वास्थ्यजाँच गरिएको थियो ।
स्वास्थ्य जाँचका लागि खाँणलाई कान्तिपुर अस्पतालमा लगिएको थियो । खाँणलाई यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा बुधबार प्रहरीले निवासबाटै नियन्त्रणमा लिएको थियो । यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहँदै आएका छन् । उनलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भएपनि फरार रहँदै आएका हुन् ।
खाण पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या १२ पुगेको छ । यसअघि प्रहरीले रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ। यस्तै खाणकै सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले बुधबार नै पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निबन्ध : उपलब्धि
-
खाद्य कम्पनीले खरिद गर्यो ३० हजार क्विन्टल धान
-
एमाले र राप्रपाका ८ सांसदद्वारा खर्च कटौतीको प्रस्ताव
-
सैनिक विशेष अदालतको अध्यक्षमा पौडेल, सचिव पदमा दवाडीको बढुवा
-
कस्मेटिक सामानको आयातमा बाहिरिन्छ अर्बौं रुपैयाँ
-
भूकम्प प्रभावित क्षेत्रको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय