बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भयो : विनोद चौधरी

बुधबार, २७ वैशाख २०८०, १२ : ४२
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भ्रष्टाचारका कारण आम नागरिकहरू पीडित बनेको बताए । भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भएको चौधरीको भनाइ थियो । उनले भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भइरहेको बताए । उनले भ्रष्टाचारका प्रक्रियालाई पारदर्शी बनाइनुपर्ने बताए । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नक्कली भुटानी शरणार्थी प्रकरणलाई टुङ्गोमा नपुर्याए र अपराधी भनिएकाहरूलाई पक्राउ गरी कारबाही नगरे विरोधमा उत्रिने बताए । उनले सरकारले देखाएको पहलकदमी सह्रानीय रहेको उल्लेख गर्दै राजनीतिक दाउपेचमा नेता बचाउने प्रयास भए सह्य नहुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप