विदेशी मोबाइल, टिभी र गाडी बेचेर देश धनी बन्न सक्दैन : ज्ञानेन्द्र शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवम् प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले सरकार विदेशी वस्तु आयातमा केन्द्रित भएको तर स्वदेशी उत्पादनमा ध्यान नदिइरहेको आरोप लगाएका छन् । संसद्मा आइतबारदेखि जारी आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि आफ्नो विचार राख्दै सांसद शाहीले विदेशी वस्तुको व्यापार गरेर देश संवृद्ध हुन नसक्ने तर्क गरे ।
‘विदेशी मोबाइल, टिभी, घडी र गाडी बेचेर देश धनी बन्न सक्दैन । यहाँको उत्पादन बढाएर निर्यात गर्ने पहुँचमा नेपाल पुर्याउनुपर्छ । तर, हामी स्वदेशी जडिबुटी, काठ, फर्निचर, खनिज, मदिरा केही पनि निर्यात गर्न नपाउने गरी ऐन बनाइरहेका छौँ । यस्तो स्थितिमा हामीले कसरी संवृद्धि हासिल गर्ने ? सांसद शाहीले प्रश्न गरे ।
सोही अवसरमा सांसद शाहीले ३४ वर्षे संसदीय व्यवस्थामा मुलुकले धेरै विज्ञ अर्थमन्त्री पाएको तर देशको वास्तविक अर्थतन्त्र र स्थिति बुझेको मन्त्री नपाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण