नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई कानुनी दायरामा ल्याउन जसपाको माग
बुधबार, २७ वैशाख २०८०, १७ : २७

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी प्रकरणको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
जसपाको कार्यकारी समितिको बैठकपछि रातोपाटीसँग कुरा गर्दै अध्यक्ष यादवले नक्कली शरणार्थी बनाएर विदेश पठाउने कार्यमा संलग्न रहेका सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । त्यसका लागि जसपा हरेक प्रकारको सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।
वर्तमान सरकारले भ्रष्टाचारको विरुद्धमा चालेको कदमले जनतामा आशा जगाएको यादवले बताए । उनले भ्रष्टाचारको विरुद्धमा अझ सशक्त रूपमा लाग्नुपर्नेमा पनि जोड दिए ।
आज बसेको पार्टीको बैठकले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनमा जोड दिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त लोकतान्त्रिक मोर्चाको सचिवालय गठन
-
अब तलमाथि हुँदैन, दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौँ : सञ्चारमन्त्री
-
काठमाडौँमा बृहत् कार्यक्रम गर्ने संयुक्त लोकतान्त्रिक मोर्चाको निर्णय
-
लोकतान्त्रिक मोर्चाले काठमाडौंमा बृहत कार्यक्रम गर्ने
-
आईपीएलको बाँकी खेल खेल्न हेजलउड फर्कने भएपछि बेंगलुरु उत्साही
-
मलेसिया रोजगारमा सिण्डिकेट लागू गर्न खोजिएको भन्दै व्यवसायीहरूले थाले विरोध