नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई कानुनी दायरामा ल्याउन जसपाको माग
बुधबार, २७ वैशाख २०८०, १७ : २७
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी प्रकरणको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
जसपाको कार्यकारी समितिको बैठकपछि रातोपाटीसँग कुरा गर्दै अध्यक्ष यादवले नक्कली शरणार्थी बनाएर विदेश पठाउने कार्यमा संलग्न रहेका सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । त्यसका लागि जसपा हरेक प्रकारको सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।
वर्तमान सरकारले भ्रष्टाचारको विरुद्धमा चालेको कदमले जनतामा आशा जगाएको यादवले बताए । उनले भ्रष्टाचारको विरुद्धमा अझ सशक्त रूपमा लाग्नुपर्नेमा पनि जोड दिए ।
आज बसेको पार्टीको बैठकले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनमा जोड दिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण