भानु चोकमा रमेश महतोको सालिक राख्नुपर्छ : महन्थ ठाकुर
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जनकपुरको भानुचोकमा मधेस आन्दोलनका सहिद रमेश महतोको सालिक राख्नुपर्ने धारणा राखेका छन् ।
आफ्नो विशेष कामले जनकपुर पुगेका अध्यक्ष ठाकुरले एयरपोर्टमा पत्रकारसँग कुराकानीको क्रममा रमेश महतोको सालिक राख्ने कुरा मधेस आन्दोलनको चाहना र जनताले माग भएको बताए ।
'मधेस आन्दोलन गरेका युवा तथा मधेसका जनताले अहिले पनि आन्दोलन गरेर नै त्यहाँ रमेश महतोको सालिक राख्न चाहेका छन्', उनले भने -'त्यसमा लोसपाको सहयोग रहने छ ।'
मधेस प्रदेशमा सरकार पुनर्गठन हुँदा लोसपाले पनि त्यसको नेतृत्व लिने बताउँदै उनले त्यसको विषयमा गठबन्धनमा छलफल चलिरहेको बताए । साटवटै प्रदेशमा गठबन्धनमा रहेका दलहरूले नेतृत्व गर्ने सहमति भएको भन्दै उनले सोही सहमति अनुसार मधेस प्रदेशमा मधेस केन्द्रित दलले नेतृत्व गर्ने उनले बताए ।
मधेस सरकारको विषयमा सर्वपक्षीय परामर्शका लागि उपेन्द्र यादव पनि जनकपुर जाने कार्यक्रम रहेको छ । लोसपाका अध्यक्ष ठाकुर पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण