शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भानु चोकमा रमेश महतोको सालिक राख्नुपर्छ : महन्थ ठाकुर

बिहीबार, २८ वैशाख २०८०, १२ : ४१
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जनकपुरको भानुचोकमा मधेस आन्दोलनका सहिद रमेश महतोको सालिक राख्नुपर्ने धारणा राखेका छन् । 

आफ्नो विशेष कामले जनकपुर पुगेका अध्यक्ष ठाकुरले एयरपोर्टमा पत्रकारसँग कुराकानीको क्रममा रमेश महतोको सालिक राख्ने कुरा मधेस आन्दोलनको चाहना र जनताले माग भएको बताए ।  

'मधेस आन्दोलन गरेका युवा तथा मधेसका जनताले अहिले पनि आन्दोलन गरेर नै त्यहाँ रमेश महतोको सालिक राख्न चाहेका छन्', उनले भने -'त्यसमा लोसपाको सहयोग रहने छ ।' 

मधेस प्रदेशमा सरकार पुनर्गठन हुँदा लोसपाले पनि त्यसको नेतृत्व लिने बताउँदै उनले त्यसको विषयमा गठबन्धनमा छलफल चलिरहेको बताए । साटवटै प्रदेशमा गठबन्धनमा रहेका दलहरूले नेतृत्व गर्ने सहमति भएको भन्दै उनले सोही सहमति अनुसार मधेस प्रदेशमा मधेस केन्द्रित दलले नेतृत्व गर्ने उनले बताए । 

मधेस सरकारको विषयमा सर्वपक्षीय परामर्शका लागि उपेन्द्र यादव पनि जनकपुर जाने कार्यक्रम रहेको छ । लोसपाका अध्यक्ष ठाकुर पुगिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप