नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान रोकिनु हुँदैन : गंगालाल तुलाधर
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव गंगालाल तुलाधरले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कुनै हालतमा रोकिन नहुने बताएका छन् । रातोपाटीसँग विशेष कुरा गर्दै तुलाधरले भुटानी शरणार्थी प्रकरणका दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने बताए ।
‘योभन्दा अघिका सरकारले गरेका ठुला काण्डहरु सतहमा आएका छन् । विभिन्न कारणले सेलाएका ती केसहरु आउन थालेका छन् । यो पटक हाइप्रोफाइलका नेताहरु तानिँदै गएका छन्’ रातोपाटीसँग कुरा गर्दै तुलाधरले भने, ‘यो काण्डमा सरकारले खुट्टा कमाउँछ कि दबाबमा पर्छ कि भनेर आशंका गरिएको छ । यस्तो खालको आशंका हाम्रो पार्टीमा उठेको छ ।’ तर, प्रधानमन्त्रीले कुनै हालतमा नरोकिने भनेकाले आशा पलाएको तुलाधरले बताए ।
‘प्रधानमन्त्रीज्यूले दोषीलाई कारबाही हुन्छ, निर्दोषहरु नपरुन भनेर त्यतिकै सचेत छौँ भनिरहनुभएको छ । गृहमन्त्रीज्यू त्यत्तिकै दृढताका साथ लागिरहेको देखिन्छ’ तुलाधरले भने, ‘यस विषयमा दैनिकजसो संसददेखि सडकमा दबाब बढेको छ । प्रहरीले उच्च मनोबलका साथ काम गरेको छ । मिडियाले प्राथमिकताका साथ समाचारबाट दबाब बढाएको छ ।’ यो पटक नक्कली भुटानी शरणार्थी प्रकरण गुपचुप नजाने भएकाले दोषीलाई कारबाही भएर छोड्ने तुलाधरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण