नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान रोकिनु हुँदैन : गंगालाल तुलाधर
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव गंगालाल तुलाधरले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कुनै हालतमा रोकिन नहुने बताएका छन् । रातोपाटीसँग विशेष कुरा गर्दै तुलाधरले भुटानी शरणार्थी प्रकरणका दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने बताए ।
‘योभन्दा अघिका सरकारले गरेका ठुला काण्डहरु सतहमा आएका छन् । विभिन्न कारणले सेलाएका ती केसहरु आउन थालेका छन् । यो पटक हाइप्रोफाइलका नेताहरु तानिँदै गएका छन्’ रातोपाटीसँग कुरा गर्दै तुलाधरले भने, ‘यो काण्डमा सरकारले खुट्टा कमाउँछ कि दबाबमा पर्छ कि भनेर आशंका गरिएको छ । यस्तो खालको आशंका हाम्रो पार्टीमा उठेको छ ।’ तर, प्रधानमन्त्रीले कुनै हालतमा नरोकिने भनेकाले आशा पलाएको तुलाधरले बताए ।
‘प्रधानमन्त्रीज्यूले दोषीलाई कारबाही हुन्छ, निर्दोषहरु नपरुन भनेर त्यतिकै सचेत छौँ भनिरहनुभएको छ । गृहमन्त्रीज्यू त्यत्तिकै दृढताका साथ लागिरहेको देखिन्छ’ तुलाधरले भने, ‘यस विषयमा दैनिकजसो संसददेखि सडकमा दबाब बढेको छ । प्रहरीले उच्च मनोबलका साथ काम गरेको छ । मिडियाले प्राथमिकताका साथ समाचारबाट दबाब बढाएको छ ।’ यो पटक नक्कली भुटानी शरणार्थी प्रकरण गुपचुप नजाने भएकाले दोषीलाई कारबाही भएर छोड्ने तुलाधरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत