विद्यार्थी नेताहरुले भने–नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषी उम्काए कडा आन्दोलन हुन्छ
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले झारा टार्ने र दोषी उम्काउने काम गरे कडा आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् ।
बिहिबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा पुराना सरकारले जस्तै लेनदेनमा भ्रष्टाचार काण्डहरु सामसुम पार्ने अवस्था भए सबै एकजुट भएर आन्दोलन गर्ने उनीहरुले बताए ।
प्रतिपक्ष दल नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषी देखिएका जो कोहीलाई पनि कारबाही गर्नुपर्ने धारणा राखे । अध्यक्ष बडालले यो प्रकरण मत्रै नभएर भ्रष्टाचारका सबै प्रकरणका फाइलहरु खोल्नु पर्ने बताए ।
एमालेका निवर्तमान सचिव टोपबहादुर रायमाझीलाई पार्टीले जोगाउन खोजेको र आफ्नो संगठनले केही नबोलेको भन्ने आरोप सरासर झुटो भएको उनले बताए ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले आफ्नो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध सुरु गरेको ऐतिहासिक कदमप्रति गौरवान्वित भएको बताइन् ।
अघिल्ला सरकारमा रहेकाहरुले यस्ता सयौं काण्डहरुलाई बार्गेनिङ र राजनीतिक लेनदेनको अस्त्र बनाएको दृष्टान्तहरुलाई तोड्दै यो सरकारले हिम्मतिलो कामको सुरुवात गरेको सिंहले बताइन् ।
नेकपा(एस) निकट अनेराश्ववियूका अध्यक्ष सुदेश पाराजुलीले वर्तमान सरकारले हिम्मतिलो कदम चालेको भन्दै कोही कसैको व्यक्तिगत इन्ट्रेस र दबाबमा नपरी अगाडी बढ्नु पर्ने धारणा राखे । आफूहरु सरकारको पक्षमा सडकबाट दबाब दिइरहेको र त्यसले निरन्तरता पाउने अध्यक्ष पराजुलीले बताए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले वर्तमान नक्कली भुटानी प्रकरणमा कुनैपनि हालतमा सरकारले खुट्टा कमाउन नहुने बरु कसैले दबाब दिन्छ भने जनताले सडकबाट साथ दिने बताए ।
अनेरास्ववियु(क्रान्तिकारी)का अध्यक्ष मिलन राईले सरकारको कदम स्वागत योग्य भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण