सत्यमोहन जोशीको बाल साहित्य पुस्तक प्रकाशानर्थ महालक्ष्मी विकास बैंकद्वारा सहयोग
काठमाडौँ । महालक्ष्मी विकास बैंकले शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशानर्थ सहयोग गरेको छ ।
भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न स्वर्गीय जोशीले पु¥याएको योगदानको कदर गर्न तथा उनले जीवनकालमा राखेको चाहानालाई मुर्त रुप प्रदान गर्न यस बैंकले पुस्तक प्रकाशानर्थ संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको हो ।
लोक कथा तथा लोकगीत संकलन गर्ने, लोक साहित्य संस्कृति तथा कला सम्बन्धी अध्ययन अनुसन्धान गरि पुस्तक प्रकाशन गर्ने जस्ता कार्यमा सक्रिय प्राज्ञिक तथा साहित्यिक संस्था लोकसाहित्य परिषद् बखुंबहाल, ललितपुरको अगुवाइमा पुस्तक चखुंचां हाःगु म्ये (भंगेराले गुनगुनाएको गीत) जोशीको १०४ औं जन्म जयन्तीको अवसरमा वैशाख २७ गते लोर्कापण भएको थियो ।
आगामी दिनहरुमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि निरन्तर रुपमा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण