नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियामा टीट्वान्टी शृंखला खेल्ने
बिहीबार, २८ वैशाख २०८०, २० : ०३
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग टीट्वान्टी क्रिकेट शृंखला खेल्ने भएको छ । नेपाल र मलेसियाबीचको क्रिकेट शृंखला ५ खेलको हुनेछ ।
उक्त शृंखला मलेसियामा खेलिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाल र मलेसियाबीचको शृंखला मे २९ तारिखबाट सुरु हुनेछ । शृंखलाको दोस्रो खेल मे ३० तारिखमा खेलिनेछ ।
यसैगरी तेस्रो खेल जुन १ तारिखमा र चौथो खेल जुन ३ तारिखमा खेलिने छ । शृंखलाको पाँचौं तथा अन्तिम खेल जुन ४ तारिखमा हुनेछ । यसअघि नेपाली टोलीले मलेसियामै एसीसी महिला टीट्वान्टी च्याम्पियनसिप खेलेको थियो । उक्त प्रतियोगितामा गत वर्षको जुन १७ देखि २५ तारिखसम्म आयोजना भएको थियो ।
यसैगरी नेपाली महिला टोलीले गत वर्ष घरेलु मैदानमा युगान्डासँग पनि ५ खेलको टीट्वान्टी शृंखला खेलेको थियो । उक्त शृंखलामा नेपाली टोली ३–२ ले विजयी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
-
सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न : अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?
-
सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण